बृद्धबृद्धासंग दशैंको शुभकामना अदान प्रदान
बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले हंगर रिलिफ अन्तर्गत सोमबार सिद्धबाबा शिवकुमारी सैजु वृद्ध आश्रम बुटवलमा खाना खुवाएर बृद्धहरुसंग दशैंको सुभकामना अदान प्रदान गरेको छ ।
दशैंमा परिवारको न्यास्रो लाग्ने हुँदा आफूहरूले परिवारको अपनत्व होस् भन्ने उद्देश्यले खाना खुवाएको क्लबका अध्यक्ष सुनिल गुप्ताले बताए। कार्यक्रममा बोल्दै कृष्ण रेश्मीले क्लवले यस्ता कार्यक्रम राख्दा एक दिन भएपनि आश्रमका सदस्यहरुको अनुहारमा हाँसो आउने बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा श्रीधर कुँवर, आयुस खत्री, हिमाल श्रेष्ठ लगायतले बोल्दै वृद्ध बृद्धाहरुको कुनै झन्झट नमानी सेवा गरेकोमा आश्रम सञ्चालकलाइ धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै कार्यकम संयोजक प्रनेश पौडयालले क्लबले नियमित सामाजिक कार्यमा लागिरहेको बताए। ।
आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।


लेखकको सम्वन्धमा